Saturday, 13 April 2019

एफएनसीसीआईद्धारा पूर्व उपाध्यक्ष दिवाकर गोल्छाको निधनप्रति गहिरो दुःख व्यक्त

३० चैत २०७५,
काठमाण्डौं, नेपाल।

नेपाल उद्योग वाणिज्य महासंघले ५३औं वार्षिक साधारणसभाको दिन दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। गोल्छाको उपचारको क्रममा भारतमा मृत्यु भएको हो।

उहाँ नेपालको ख्यतिप्राप्त व्यापारिक घराना गोल्छाका महत्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो। नेपालमा गोल्छा समूहको हुलास जस्तापाता, वायर, श्री राम सुगरमिल, आदिमा स्वामित्व छ। 

स्वर्गिय गोल्छा विक्रम सम्बत २०५६्-२०६४ सम्म   नेपाल उद्योग वाणिज्य महासंघले उपाध्यक्ष हुनुहुन्थ्यो। यसैगरी उहाँ २०६४ सालमा काग्रेसको तर्फबाट प्रथम प्रतिनिधिसभाको सदस्यसमेत रहनुभएको थियो।
महासंघले पूर्व उपाध्यक्ष गोल्छाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको थियो। ‘मुलुकभित्र औद्योगिक विकास, रोजगारी सृजनामा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।नेपाल उद्योग वाणिज्य महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन र महासंघको छवि विकासमा स्वर्गिय गोल्छाले अतुलनीय योगदान दिनु भएको थियो,’ महासंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गिय गोल्छाको निधनबाट निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ भने मुलुकले एक होनाहार उद्योगपति गुमाएको छ।'

सन्दर्भ सामाग्रीः
नेपाल उद्योग वाणिज्य महासंघ

No comments:

Post a Comment