१६ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
साताको द्रोस्रो दिन शेयर बजारमा सामान्य करेक्सन भएको छ। यस दिन नेप्से परिसूचक ४.२१ अंकले घटेर १३१०.३१ विन्दुमा आईपुगेको छ।
यस दिन १७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता १ अर्ब १९ करोड ७७ लाख ६९ हजार ८ रूपैयाँमा कारोबार भएको छ। आइत
बारको दिन १७० कम्पनीको ४९ लाख २१ हजार ०८४ कित्ता सेयर १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो। तुलनात्मक रूपमा शेयर कित्तामा १९ लाख ४ हजार ६०४ र कारोबार रकममा ४७ करोड ८१ लाख ६९ हजार ८१२ रूपैयाँको कमि आएको हो।
 |
चित्र १ः नेप्से परिसूचक |
कारोबारमा यस दिन ११ उपसमूह आएका छन्। सो मध्य सबैभन्दा धेरै जीवन बीमा १३०.७२ अंकले बढेको छ। साथै, उत्पादन तथा प्रशोधन ९.७३, होटेल ७.३९, ट्रेडिङ्ग ५.४९ र अन्य ३.३२ अंकले बढेका छन्। उता, निर्जीवन बीमा १०२.४३ अंकले सबैभन्दा धेरै गुमाएको छ। यस्तैः डेभलपमेन्ट बैंक १४.३६, बैंकिङ्ग ७.८, माइक्रोफाइनान्स ५.६२, फाइनान्स ३.५३ र हाईड्रोपावर १.५ अंकले घटेका छन्।
 |
चित्र २ः उपसमूह
नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ४६ लाख र नेपाल बैंक लिमिटेडको ११ करोड २९ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको हो। प्रभु बैंक, निको इन्स्योरेन्स, एनआइसी एसिया र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड र एनएमबी, प्राइम लाइफ इन्स्योरेन्स, सानिमा बैंक र सिद्धार्थ बैंकको २ करोड रूपैयाँभन्दा धेरैको शेयर खरिद विक्रि भएको छ।
सोमबारको बजारबाट नेपाल इन्भेष्टमेन्ट बैंक प्रगति फण्ड र लक्ष्मी ईक्विटी म्युचल फण्डको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तैः ओरियन्टल होटेल, सूर्योदय लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई समुन्नत-१, युनिभर्सल पावर, स्वदेशी लघुवित्त ४ प्रतिशतभन्दा धेरैले घटेको छ।
उता, क्रमर्शः राढी जलविद्युत, एभरेष्ट इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, कन्काई विकास बैंक, युनाइटेड इन्स्योरेन्स, युनाइटेड मोदी हाईड्रोपावर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर कम्पनी, छ्याङ्दी हाईड्रोपावर र प्रुडेन्सियल इन्स्योरेन्सले आजको बजारमा गुमाएका छन्।
सन्दर्भ सामाग्रीः
- नेप्से
|
No comments:
Post a Comment