Monday, 29 April 2019

बीमा कम्पनीहरूबीच मर्जरका गर्ने सम्बन्धि निर्देशिका २०७६ जारी

१६ चैत २०७६,
काठमाण्डौं, नेपाल।


बिमा समितिले बीमा कम्पनीहरूबीच मर्जरका लागि बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका २०७६ जारी गर्दै मर्जरको बाटो खुल्ला गरेको  छ ।

साथै, बिमकलाई गाभेका कारणबाट गाभ्ने बिमकको सेयर संरचनामा कुनै एक व्यक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजीको १५% भन्दा बढि सेयर स्वामित्व कायम हुन गएमा त्यस्तो सेयर स्वामित्वलाई १५% सिमा भित्र ल्याउन २ वर्ष सम्म समय अवधि पनि दिइने भएको छ । 

यस्तैः मर्जरमा जान चाहनेलाई समितिले प्रमुख कार्यकारीलाई कुलिङ पिरियड नलगाउने र न्यूनतम पूँजी अपुग हुन गएमा एक बर्षसम्मको अवधि दिने व्यवस्था पनि गरेको छ।

यद्यपि, यस निर्देशिका जारी पश्चात मर्जरतर्फ कति कम्पनी जानेछन् भन्ने कुरो समयले बताउनेछ।

सन्दर्भ सामाग्रीः
ऐजेन्सी


No comments:

Post a Comment