Thursday, 2 May 2019

सनराइज बैंक पनि उक्लियो अरबपति सूचीमा

१९ चैत २०७६,
काठमाण्डौं, नेपाल।

सनराइज बैंक पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अरबपति सूचीमा उक्लिको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब २२ करोड ६० लाख ९८ हजार ६०९ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ९४ करोड २१ लाख २२ हजार २२६ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३०.१४ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ७२ अर्ब १९ करोड ६१ लाख ८३ हजार ०७६ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६८ अर्ब ८१ करोड ५३ लाख २७ हजार २७६ रूपैयाँ ऋण लगानी गरेको छ।

यस त्रैमासमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख ७२ हजार २६६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा १ अर्ब ९२ करोड ५ लाख ३४ हजार ६३३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ३७.६५% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा १ अर्ब ४७ करोड ९४ लाख १ हजार ०६५ रूपैयाँबाट बढेर १ अर्ब ७५ करोड ३७ लाख ९२ हजार ०९७  रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा १८.५४% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ र जगेडा कोषमा भने २ अर्ब ४३ करोड २५ लाख ७७ हजार ०५६ रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जामा सुधार भएको छ । गत वर्ष १.४५% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.३७% मा सिमित भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ ०५ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात ११.७२ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको आधारदर १०.४३% र स्प्रेड दर ४.३७% रहेको छ।



सन्दर्भ सामाग्रीः
- नेप्से
http://wwww.sunrisebank.com.np/reports

No comments:

Post a Comment