Thursday, 18 April 2019

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से परिसूचक ६ महिनाको उच्च बिन्दुमा

५ चैत २०७५,
काठमाण्डौं, नेपाल।

विहिबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक विहिबार १५.२२ अंकले बढेर १२३२.२६ मा पुगेको छ। नेप्सेले लामो समय पश्चात यो बिन्दुमा पुगेको हो।

बुधबार १७१ कम्पनीको २७ लाख ७२ हजार ५०२ कित्ता ८१ करोड १७ लाख ५२ हजार ८८५ रूपैयाँमा बराबरको कारोबार भएको थियो। यस दिन कारोबारमा आएका १६५ कम्पनीको २४ लाख ६४ हजार १४९ कित्ता ७५ करोड १२ लाख ५ हजार ९४० रूपैयाँको खरिद विक्रि भएको हो।  तुलनात्मक रूपमा शेयर कित्तामा ३ लाख ८ हजार ३५३  र कारोबार रकममा ६ करोड ५ लाख ४६ हजार ९४५ रूपैयाँको गिरावट हो।
चित्र १ः नेप्से परिसूचक
कारोबारमा यस दिन १० उपसमूह आएका छन् सो मध्य सबैभन्दा धेरै बैंकिङ्ग २५.३५ अंकले बढेको छ। यस्तैः होटेल १६.३६, माइक्रोफाइनान्स १२, उत्पादन तथा प्रशोधन १०.५७, अन्य १.१९ र विकास बैंक ०.०७२ अंकले बढेका छन्। सो उपसमूह मध्यबाट सबैभन्दा धेरै जीवन बीमा २५.०१ अंकले घटेको छ। साथै, निर्जीवन बीमा १३.३२,  जलविद्युत ६.१४ र फाइनान्स ३. अंकले घटेका छन्।



यसदिन कुमारी बैंकको ८ करोड ५८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः प्रभु, नेपाल बैंक, एनएमबी, छिमेक लघुवित्त एनआइसी एसिया, सिद्धार्थ, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, ग्लोबल आइएमई र माछापुच्छ्रे बैंक परेका छन् । 




बुधबारको बजारबाट एसबीआईको शेयरमूल्य सबैभन्दा धेरै ६.६५ प्रतिशतले बढेको छ । यस्तैः नेपाल कम्युनिटी विकास बैंकको ५.३०, लक्ष्मी बैंकको ५.०५, नबिल बैंकको ४.७९, ग्रीन डेभलपमेन्ट बैंकको ४.७२, छिमेक लघुवित्तको ४.५४, सनराइज बैंकको ४.४९, हिमालयन बैंकको ४.३१, कुमारी बैंकको ४.२६ र कन्चन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतले शेयरमूल्य उकालो लागेको छ।




उता, माउन्टेन हाईड्रोपावरको शेयर मूल्य ५.९४ प्रतिशतले घटेर ९५ रूपैयाँमा आएको छ। यस्तैः वर्ल्ड मर्चेन्टको ५.८८, कालिका लघुवित्तको ५.४७, तारागाउँ होटेलको ४.९५, युनिभर्सल पावरको ४.२१, राष्ट्रिय बीमा कम्पनी प्रमोटरको ३.९२, अरुण काबेलीको ३.५५, रिलायन्स फाइनान्सको ३.३०, हिमालयन पावर पार्टनरको ३.२० र सपोर्ट माईक्रोफाइनान्सको २.८९ प्रतिशतले बजारमूल्य घटेको छ।



सन्दर्भ सामाग्रीः
- नेप्से
- विभिन्न ऐजेन्सी

No comments:

Post a Comment