Friday, 10 May 2019

हिमालयन बैंकको नाफा २ अर्बभन्दा धेरै

२७ चैत २०७६,
काठमाण्डौं, नेपाल।

हिमालयन बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १ करोड ४० लाख ७५ हजार ७४७ रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ८२ करोड ७० लाख २७ हजार ७९० रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा १०.२४ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म १ खर्ब ८ अर्ब ५८ करोड २१ लाख ७ हजार ०९४ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले सर्वसाधारणमा ९३ अर्ब ७७ करोड ५३ लाख ५६ हजार ५५० रूपैयाँ ऋण लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थामा ४ अर्ब ८ करोड २५ लाख ८७ हजार ५०१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार ६३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा ३ अर्ब २० करोड ३० लाख ५३ हजार २०७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा १७.१८% को वृद्धि हो। 
साथै, यस वर्ष संचालन नाफा २ अर्ब १६ करोड २७ लाख ४५ हजार ९३४ रूपैयाँबाट बढेर २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार ४९२ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ३२.४९% को वृद्धि हो। 

बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ रुपैयाँ र जगेडा कोषमा भने ५ अर्ब १९ करोड ९ लाख ६० हजार ०७५ रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जामा भने बढेको छ । गत वर्ष १.३१% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.१९% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३१ रूपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रूपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात १५.५४ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ६.६८%, आधारदर ९.१०% र स्प्रेड दर ४.५०% रहेको छ।




सन्दर्भ सामाग्रीः
हिमालयन बैंक

No comments:

Post a Comment