Sunday, 12 May 2019

बजारमा नयाँ चमक, नेप्से परिसूचक १२९५.०३ विन्दुमा

२९ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से सूचक आइतबार ३.०७ अंकले बढेर १२९५.०३ विन्दुमा अडिएको छ । यस दिन १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैयाँमा कारोबार भएको छ।  गएको दिन १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर ९४ करोड ७३ लाख रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो ।


चित्र १ः नेप्से परिसूचक

कुल १० वटा समूहको शेयर कारोबार भएकामा ४ समूहका सूचक सकारात्मक भएका छन् भने बाँकी समूह नकारात्मक देखिएका छन् । यस दिन होटेल समूह १००.२४ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह १०.०३ अंकले सबैभन्दा धेरै घटेको हो।

चित्र २ः उपसमूह

कारोबार रकममा सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सगरमाथा इन्स्योरेन्स र शिवम् सिमेन्ट परेका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
आइतबारको बजारबाट शिवम् सिमेन्टको  शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।  यस्तैः प्रमियर इन्स्योरेन्सको ९, ओरियन्टल होटेल र नेशनल हाईड्रो डेभलपर्सको ८, सूर्य लाइफ इन्स्योरेन्स र हिमालय डिष्टिलरी लिमेटेडको ५, सोल्टि होटेल र युनाइटेड मोदी हाईड्रोपावरको ४ र अरुण काबेली पावर र प्रुडेन्सियल इन्स्योरेन्सको ३ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ।

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट सामुदायिक लघुवित्तको शेयरमूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः नबिल ईक्विटी फण्डको ५, सिनर्जी पावर र माउन्टेन हाईड्रोको ४, ग्रीन डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, सहयोगी विकास बैंक र जानकी फाइनान्सको ३ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावर आएको छ। 

चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से

धन्यवाद! जय नेपाल!!!

No comments:

Post a Comment