Thursday, 9 May 2019

नेपाल क्रेडिट एण्ड कमर्श बैंक पनि अर्बपति सूचीमा

२६ चैत २०७६,
काठमाण्डौं, नेपाल।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अर्बपति सूची उक्लिएको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड ४० लाख ३० हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ८८ करोड ८० लाख १९ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३१.०८ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ६१ अर्ब ४५ करोड ९८ लाख ४९ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले सर्वसाधारणमा ५६ अर्ब ८० करोड ७९ लाख ५ हजार रूपैयाँ ऋण लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थामा २ अर्ब २४ करोड ४६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले २ अर्ब ३० करोड ८ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा १ अर्ब ४४ करोड १४ लाख ६९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ५४.७६% को वृद्धि हो। 
साथै, यस वर्ष संचालन नाफा १ अर्ब २४ करोड २४ लाख ३ हजार रूपैयाँबाट बढेर १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ३१.०८% को वृद्धि हो। 

बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ र जगेडा कोषमा भने ३ अर्ब २७ करोड ७६ लाख १८ हजार रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा पनि सुधार भएको छ । गत वर्ष ३.९७% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ३.२६% मा सिमित छ ।

बैंकको प्रतिशेयर आम्दानी २४ रूपैयाँ ७० पैसा, प्रतिशेयर नेटवर्थ १७४ रूपैयाँ ६६ पैसा र मूल्य आम्दानी अनुपात १०.२२ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ७.९४%, आधारदर १०.८६% र स्प्रेड दर ३.१७% रहेको छ।




सन्दर्भ सूचीः
नेपाल क्रेडिट एण्ड कमर्श बैंक

No comments:

Post a Comment