Monday, 13 May 2019

नेपाल इन्भेष्टमेन्ट बैंकको कराब कर्जाले नाफामा ९.६१ प्रतिशतको कमि

३० चैत २०७६,
काठमाण्डौं, नेपाल।

नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा खुम्चिएको छ। यस त्रैमाससम्म कम्पनीले २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ९.६१ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म  १ खर्ब ४२ अर्ब २ करोड ९० लाख ७० हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले सर्वसाधारणमा १ खर्ब २४ अर्ब २ करोड ८७ लाख ४७ हजार रूपैयाँ ऋण लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थामा ४ अर्ब १२ करोड ७८ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले ४ अर्ब ९१ करोड १७ लाख ९८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा ४ अर्ब ११ करोड ८५  लाख ६७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा १९.२६% को वृद्धि हो। 
साथै, यस वर्ष संचालन नाफा ४ अर्ब ५ करोड ४९ लाख २६ हजार रूपैयाँबाट घटेर ३ अर्ब ६८ करोड ७५ लाख ९ हजार रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ९.०६% को कमि हो। कम्पनीको व्यापार वृद्धिदर राम्रो रहेपनि ऋणको ९२ करोड ४० लाख ९१ हजार रुपैयाँको प्रोभिजनले नाफा खुम्चिएको हो।

बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ५५ करोड ६४ लाख २ हजार रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जामा धेरै मात्रामा वृद्धि भएको छ । गत वर्ष ०.७७% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ३.०४% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैया ३८ पैसाले घटेर २७ रूपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात २०.२१ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ६.४८%, आधारदर ८.५४% र स्प्रेड दर ४.२४% रहेको छ।


सन्दर्भ सामाग्रीः
- नेपाल इन्भेष्टमेन्ट बैंक
-ऐजेन्सी

No comments:

Post a Comment