Monday, 13 May 2019

सिभिल बैंकको नाफामा ४७.२१ प्रतिशतको वृद्धि, के बैंक पनि अर्बपति सूचीमा उक्लियो?

३० चैत २०७६,
काठमाण्डौं, नेपाल।

सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ३८ लाख ९२ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ३३ करोड ५५ लाख ५ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ४७.२१ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ३९ अर्ब ९२ करोड ८९ लाख ७२ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले सर्वसाधारणमा ४१ अर्ब ४१ करोड २० लाख २९ हजार रूपैयाँ ऋण लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थामा १ अर्ब ६७ करोड ९४ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले १ अर्ब ५७ करोड ३६ लाख ५१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा ९२ करोड ४६ लाख ५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ७०.२०% को वृद्धि हो। 
साथै, यस वर्ष संचालन नाफा ५९ करोड ७१ लाख ६६ हजार रूपैयाँबाट बढेर ७६ करोड ५७ लाख ६२ हजार रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा २८.२३% को वृद्धि हो। 

बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६३ करोड ९९ लाख ९५ हजार रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष ३.७४% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ३.९६% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रूपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १२५ रूपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात २५.९३ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ८.४०%, आधारदर ११.२०% र स्प्रेड दर ३.३८% रहेको छ।



सन्दर्भ सामग्रीः
- सिभिल बैंक
- ऐजेन्सी

No comments:

Post a Comment