३१ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक मंगलबार १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा अडिएको छ । यस दिन १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँमा कारोबार भएको छ। गएको दिन १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता ७८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा ७ लाख ७४ हजार ०६४ र कारोबार रकममा २५ करोड ८ लाख ४५ हजार ९२१ रुपैयाको बढोत्तरी भएको हो।
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा १० समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको एक समूह ट्रेडिङ्ग भने नकारात्मक देखिएको छ । यस दिन निर्जीवन बीमा समूह १४५.८४ अंकले सबैभन्दा धेरै बढेको छ भने ट्रेडिङ्ग समूह ०.१७ अंकले सबैभन्दा धेरै घटेको हो।
कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबार आधारमा क्रमशः शिवम् सिमेन्ट, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, प्राइम कमर्सियल बैंक, माथिल्लो तामाकोशी, एनएमबी बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट परेका छन् ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
|
मंगलबारको बजारबाट राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तैः राष्ट्रिय बीमा कम्पनी संस्थापक र शिवम् सिमेन्टको ९, भार्गव विकास बैंकको ८, कृषि विकास बैंक र कोर्पोरेट डेभलपमेन्ट बैंकको ७, ओरियन्टल होटेल लिमिटेड र युनाइटेड मोदी हाईड्रोपावरको ६, नेपाल सेवा लघुवित्त र समता माइक्रोफाइनान्सको ५ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
|
उता, आजको बजारबाट सूर्योदय लघुवित्तको शेयरमूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः जोशी हाईड्रोपावरको ५, सपोर्ट माईक्रोफाइनान्सको ३.७१, ग्लोबल आइएमई समुन्नत-१ को ३.७, सपोर्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३.६५, माउेन्टन हाईड्रोपावरको ३.२२, कालिका लघुवित्तको ३.१४, सिनर्जी पावर डेभलपमेन्टको ३.१२ र हाईड्रो इन्भष्टमेन्ट डेभलपमेन्ट कम्पनीको ३.१२ र छ्याङ्दी हाईड्रोपावरको ३ प्रतिशतले शेयरमूल्यमा गिरावर आएको छ।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
No comments:
Post a Comment