काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा अडिएको छ । यस दिन १७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता १ अर्ब ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँमा कारोबार भएको छ। गएको दिन १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा ८ लाख ७६ हजार ६९० र कारोबार रकममा २९ करोड ३० लाख ५५ हजार ५१८ रुपैयाँको बढोत्तरी भएको हो।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ५ समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको ६ समूह भने नकारात्मक देखिएको छ । यस दिन विकास बैंक समूह २५.९९ अंकले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ५९.७४ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबारको आधारमा क्रमशः नेपाल बैंक लिमिटेड, शिवम् सिमेन्ट, कृषि विकास बैंक, नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, एनएमबी बैंक, राष्ट्रिय बीमा संस्थान र सिटीजन्स बैंक परेका छन् ।
![]() | |
|
बुधबारको बजारबाट नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.९७ प्रतिशतले बढेको छ। यस्तैः विशाल बजार कम्पनीको ७.९७, ग्रिन डेभलपमेन्ट बैंकको ६.७३, रिलायन्स फाइनान्सको ६.६१, कृषि विकास बैंकको ५.२९, कन्चन डेभलपमेन्ट बैंकको ५.१७, हाईड्रो इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५.१६, एभरेष्ट बैंक संस्थापकको ५, हिमालयन बैंकको ४.७७ र स्पर्श लघुवित्तको ४.७३ ५ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद! जय नेपाल!!!
No comments:
Post a Comment