काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक बुधबार २.२९ अंकले घटेर १३१८.७१ विन्दुमा अडिएको छ । यस दिन १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ कित्ता ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँमा कारोबार भएको छ। गएको दिन १७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता १ अर्ब ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा १० लाख ५० हजार ४९४ र कारोबार रकममा ८ करोड ५६ लाख ५७ हजार ७३१ रुपैयाँको बढोत्तरी भएको हो।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ५ समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको ६ समूह भने नकारात्मक देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन समूह ९९.७४ अंकले सबैभन्दा धेरै बढेको छ भने होटेल समूह १२.५६ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबारको आधारमा क्रमशः नेपाल बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कृषि विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स, प्रमियर इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, देव विकास बैंक, एनएमबी बैंक र प्रभु बैंक परेका छन् ।
![]() | |
|
विहिबारको बजारबाट शिवम् सिमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तैः मल्टी पर्पोज फाइनान्स कम्पनीको ९.६६, कर्णाली डेभलपमेन्ट बैंकको ९.१८, आइएमई जेनरल इन्स्योरेन्सको ७.०८, राष्ट्रिय बीमा संस्थानको ६.३५, महालक्ष्मी विकास बैंक को ५.२१, एनएमबी म्युचल फण्डको ५.१०, स्पर्श लघुवित्तको ४.८२, ज्योति विकास बैंकको ४.७९ र आइसिएफसीको ४.४९ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट कृषि विकास बैंकको शेयरमूल्य ३.८८ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः कोर्पोरेट बैकको ३.८, प्रोग्रेसिभ फाइनान्सको ३.७७, ग्लोबल आइएमई समुन्नत-१ को ३.७६, उन्नती लघुवित्तको ३.७४, महिला सहयात्री लघुवित्तको ३.६१, सिभिल लघुवित्तको ३.१९, एनएलजी इन्स्योरेन्सको ३.०८, नेशनल हाईड्रोपावर कम्पनीको २.८९ र आखु खोला हाईड्रोपावरको २.५३ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावट आएको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद! जय नेपाल!!!
No comments:
Post a Comment