Tuesday, 21 May 2019

नेप्से परिसूचक मंगलबार ४.४२ अंकले बढ्यो, कारोबार रकम खस्कियो

७ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से परिसूचक मंगलबार ४.४२ अंकले बढेर १३१२.१४ विन्दुमा अडिएको छ । यस दिन १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता ८१ करोड ४४ लाख ५२ हजार २६७ रुपैयाँमा कारोबार भएको छ।  गएको दिन 
१७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता १ अर्ब २२ करोड ५ लाख ७ हजार ४८५ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा २ लाख ९६ हजार ३९६ र कारोबार रकममा ४० करोड ६० लाख ५५ हजार २१८ रुपैयाँको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ९ समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको ३ समूह भने नकारात्मक देखिएको छ । यस दिन निर्जीवन बीमा समूह २८.०६ अंकले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन समूह ३३.३४ अंकले सबैभन्दा धेरै घटेको हो।

चित्र २ः उपसमूह
कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबारको आधारमा क्रमशः शिवम् सिमेन्टबुटवल पावर कम्पनी, माथिल्लो तामाकोशी, सानिमा हाईड्रोपावर, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया, हिमालयन डिस्टिलरी, प्रभु बैंक र नेपाल टेलिकम परेका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
मंगलबारको बजारबाट मल्टिपर्पोज फाइनान्स को शेयरमूल्य ९.९४ प्रतिशतले बढेको छ।  यस्तैः माथिल्लो तामाकोशीको ९.८८, कोर्पोरेट बैंकको ९.८४, रिलायन्स फाइनान्सको ९.७०, सपोर्ट माइक्रोफाइनान्सको ९.१३, राढी जलविद्युतको ८.७५, सेन्ट्रल फाइनान्सको ७.८९, स्पर्श लघुवित्तको ६.८५, युनाइटेड मोदी हाईड्रोपावरको ६.८४, र सानिमा हाईड्रोपावरको ६.३२  प्रतिशतले शेयरमूल्य बढेको छ।

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट समिट लघुवित्तको शेयरमूल्य ७.०५ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः सिन्धु विकास बैंकको ५.२२, घलाम्दी हाईड्रोपावरको ४.९१, हिमालयन डिस्टिलरीको ४.५५, मिथिल्ला लघुवित्तको ४.४३, एनआईबी प्रगति फण्डको ३.६८, जनउत्थान सामुदायिक लघुवित्तको २.४५, विजय लघुवित्तको २.४३ र आईसिएफसीको २.४२ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावट आएको छ।


चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment