०८ जेठ २०७६,
काठमाण्डौं, नेपाल।
नेप्से सूचक ७.४९ अंकले बढेर १३१९.६३ विन्दुमा पुगेको छ । सूचीकृत १७१ कम्पनीको ४ लाख ३६ हजार ९३७ कित्ता शेयर ९६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहको सूचक मात्र घटेको छ । बाँकी सबै समूह हरियो भएका छन् ।
सबैभन्दा धेरै जलविद्युत समूहको सूचक ६८.६३ अंकले बढेको छ । यस्तै, होटल समूहमा पनि ५२.२३ अंकको वृद्धि देखिएको छ । कारोबार रकमका आधारमा नेपाल बैंक अघि आएको छ । यसको ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । यस्तै, दोस्रोमा प्राइम बैंक र तेस्रोमा शिवम सिमेन्ट्स रहेका छन् ।
सन्दर्भ सामाग्रीः
नेप्से
No comments:
Post a Comment