काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक सोमबार ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा अडिएको छ । यस दिन १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता १ अर्ब २२ करोड ५ लाख ७ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ। गएको दिन ७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता १ अर्ब ९ करोड ३ लाख ४८ हजार २२५ रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो । तुलनात्मक दृष्टिकोणबाट हेर्दा शेयर संख्यामा १ लाख १७ हजार ५६४ र कारोबार रकममा १३ करोड १ लाख ५९ हजार २६० रुपैयाँको बढोत्तरी भएको हो।
![]() | |
|
![]() | |
|
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबारको आधारमा क्रमशः नेपाल बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, बुटवल पावर कम्पनी, नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक संस्थापक, माथिल्लो तामाकोशी, कृषि विकास बैंक, प्रभु बैंक र मेघा बैंक परेका छन् ।
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment