Thursday, 2 May 2019

साताको कारोबारको अन्तिम दिनमा पनि शेयर बजारमा करेक्सन जारी, परिसूचक १२९४.३९ विन्दुमा


१९ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

साताको कारोबारको अन्तिम दिनमा पनि शेयर बजारमा करेक्सन जारी रहेको छ। यस दिन नेप्से परिसूचक ४.२१ अंकले घटेर १२९४.३९ विन्दुमा आईपुगेको छ।

यस दिन १७० कम्पनीको १८ लाख ०३ हजार ०२६ कित्ता ५८ करोड ७८ लाख रूपैयाँमा कारोबार भएको छ। सोमबारको दिन १७६ कम्पनीको ११ लाख ६४ हजार ३३२ कित्ता ९५ करोड ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। तुलनात्मक रूपमा शेयर कित्तामा ४९ हजार १२२ र कारोबार रकममा ३६ करोड २२ लाख ३० हजार ८८७ रूपैयाँको कमि आएको हो।

चित्र १ः नेप्से परिसूचक



यस दिनमा १० समूहका शेयर कारोबारमा आएका छन्। जसमध्ये, सूचीकृत ३ वटा समूह मात्र सकारात्मक छन् । उत्पादन तथा प्रशोधन ३८.०८, निर्जीवन बीमा ३७.५५ र होटेल १३.६३ अंकले बढेको छ । उता, जीवन बीमा १८.६८ अंकले सबैभन्दा धेरै गुमाएको छ। यस्तैः विकास बैंक १०.३२, माइक्रोफाइनान्स ६.९,  बैंकिङ्ग ६.७६, हाईड्रोपावर ४.५०, फाइनान्स ३ र अन्य १.३४ अंकले घटेको हो।

चित्र २ः उपसमूह
नेपाल बैंक लिमिटेडको ४ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सिभिल बैंकको २ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ भने छिमेक लघुवित्त,  सानिमा हाईड्रोपावर, ओरियन्टल होटेल, एनएमबी बैंक, एनआइसी एशिया र माथिल्लो तामाकोशीको १ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।


चित्र ३ः धेरै कारोबार भएका कम्पनी

बिहिबारको बजारबाट हिमालयन डिष्टिलरी को शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ।  यस्तैः शिवम् सिमेन्टको ४.८८, युनिभर्सल पावरको ४.०८, बोटलर्स नेपाल तराईको ३.७९, प्रभु बैंक प्रमोटरको ३.७७, माउन्टेन हाईड्रोपावरको ३.३७, राष्ट्रिय बीमा कम्पनीको ३.२४, महिला सहयात्रा लघुवित्तको ३.०५, नागबेली लघुवित्तको २.७६ र ओरियन्टल होटेलको २.७० प्रतिशतले शेयरमूल्य बढेको छ। 


चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता,  युनाइटेड मोदी हाईड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ। यस्तैः नबिल इक्विटी फण्डको ४.९४, एक्सेल डेभलपमेन्ट बैंकको ४.७६, सिन्धु विकास बैंकको ४.४१,  रैराङ्ग हाईड्रोपावरको ४.१२, उन्नति माइक्रोफाइनान्सको ३.९१, सूर्योदय लघुवित्तको ३.८६, अरुण काबेली पावरको ३.६६, विजय लघुवित्तको ३.३७ र मेरो माईक्रोफाइनान्सको ३.२८ प्रतिशतले शेयरमूल्य घटेको छ। 

चित्र ५ः नकारात्क रहेका कम्पनी
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी




No comments:

Post a Comment