Thursday, 2 May 2019

कुमारी बैंक पनि अरबपति सूचीमा उक्लियो

१९ चैत २०७६,
काठमाण्डौं, नेपाल।

कुमारी बैंक पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अरबपति सूचीमा उक्लिको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब ३२ लाख ८९ हजार १४८ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ७३ करोड ६३ लाख १८ हजार ८९८ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३६.२५ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ६९ अर्ब ४ करोड ५९ लाख ८ हजार ९४२ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६९ अर्ब ५९ करोड ८८ लाख १ हजार ७७६ रूपैयाँ ऋण लगानी गरेको छ।

यस त्रैमासमा बैंकले २ अर्ब २३ करोड ३० लाख ६४ हजार २४९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा १ अर्ब ३८ करोड ९८ लाख ४५ हजार ७७१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ६०.६६% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा १ अर्ब २ करोड १५ लाख १८ हजार ९६८ रूपैयाँबाट बढेर १ अर्ब ४२ करोड ८६ लाख ३२ हजार ९०९  रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ३९.८५% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ रुपैयाँ र जगेडा कोषमा भने २ अर्ब १६ करोड ३७ लाख ५ हजार ९३० रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.२४% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.४१% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ रूपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ १४७ रूपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ८.२९%, आधारदर ११.०२% र स्प्रेड दर ३.६१% रहेको छ।



सन्दर्भ सामाग्रीः

No comments:

Post a Comment