Friday, 24 May 2019

नेपाल इन्सयोरेन्सः कम्पनी विश्लेषण (बिहिबार, ९ जेठ २०७६)

१० जेठ २०७६,
काठमाण्डौं, नेपाल।

यस कम्पनीले बीमा समितिले तोकेबमोजिम पुर्याउनको लागि ६५% हकप्रद शेयर निष्कासन गरिसकेको छ। यद्यपि सबै शेयर विक्रि भएन र कम्पनीको सो शेयर लीलामीद्धारा विक्रि जारी छ। यस पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ। चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दासम्म कम्पनीले १३ करोड ६ लाख रुपैयाँ कमाएको छ। गत वर्षको तुलनामा कम्पनीले ९१ प्रतिशतले नाफा वृद्धि गरेको हो। सो अवधिमा कम्पनीले ६ करोड ८२ लाख रुपैयाँ कमाएको थियो।

कम्पनीलाई मैनबत्ती बिश्लेषणमा अन्तिम दिन डोजी बनेको छ। यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । 


चित्र १ः मैनबत्ती
कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। हालको मूल्य यी रेखा एकै ठाउँमा रहेका छन्।


चित्र २ः मुभिङ एभरेज

आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो न्युट्रल जोन ४९ दशमलव ९३ विन्दुमा छ । 


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याडमा शेयर मूल्य अन्तिम दिन मध्य ब्याडभन्दा मुनी बन्द भएको देखिन्छ। शेयर मूल्य केहीं समय अगाडि ब्रेक आउँटको सिगनल देखाएपनि पुनः साइडवेज चल्न थालेको छ। मूल्यले साइडवेज गति लिरेहेको अवस्थामा धेरै जोखिम हुन्छ । 

चित्र ४ः बोलिङ्गर ब्याड

त्यस्तै, बिहिवारको शेयरमूल्य रू. ३ सय ९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ७७ मा टेवा पाउने देखिन्छ ।


चित्रः ५ः टेवा / प्रतिरोध

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी

No comments:

Post a Comment