काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ विन्दुमा आइपुगेको छ । सूचीकृत १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर ६२ करोड ६२ लाख १ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । गत हप्ताको अन्तिम दिन १६९ कम्पनीको २४ लाख १६ हजार ९८० कित्ता शेयर ७७ करोड १० लाख ६४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा सबै समूहका सूचक नकारात्मक भएका छन्। यस दिन जीवन बीमा समूह ३८.०१ अंकले सबैभन्दा धेरै घटेको छ भने म्युचल फण्ड समूह ०.०२ अंकले सबैभन्दा कम घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडको शेयर १ लाख ४३ हजार ८९२ कित्ता ४ करोड ८५ लाख ६२ हजार ५६८ रुपैयाँमा करोबार भएर अग्रस्थानमा छ । यसैगरी, शिवम् सिमेन्टको ४ करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशीको ३ करोड ७४ लाख ३६ हजार २१७, हिमालय डिस्टिलरी लिमिटेडको २ करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको २ करोड १५ लाख ३४ हजार ३३२, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २ करोड ७ लाख ७१ हजार ५११, प्रभु बैंकको १ करोड ९५ लाख ३० हजार ६२४, एनआईसी एशियाको १ करोड ७५ लाख ६९ हजार २५६, जनता बैंकको १ करोड ६६ लाख ८८ हजार ५८४ र बैंक अफ काठमाण्डूको १ करोड ६५ लाख ४८ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएका छन् ।
![]() | |
|
आइतबारको बजारबाट ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ। यस्तैः एनएमबी म्युचल फण्डको ८.५८, युनाईटेड इन्स्योरेन्सको ३.४२, हिमालयन उर्जाको ३.०८, माउन्टेन हाईड्रोपावरको ३.०३, शिवम् सिमेन्टको २.३८, समता माइक्रोफाइनान्सको २.२६, सिद्धार्थ ईक्विटी ओरियन्ट स्किमको २.२५, कर्णाली बैंक लिमिटेडको २.१४ र लक्ष्मी ईक्विटी फण्डको १.८८ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट जोशी हाईड्रोपावरको शेयरमूल्य ९.७५ प्रतिशत भन्दा धेरैले घटेर १११ मा आएको छ। यस्तैः हिमालयन डिस्टिलरीको ७.९०, राडी जलविद्युतको ६.८१, अरुण काबेली पावरको ८.५७, मल्टीपर्पोस फाइनान्सको ६.२७, घलाम्दी हाईड्रोपावरको ६.२५, गुर्खाज फाइनान्सको ५.१२, अप्पि पावरको ४.९०, ओरियन्टल होटेलको ४.७४ र कोर्पोरेट बैंक लिमिटेडको ४.७२ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment