काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.८७ अंकले घटेर १३१६.७६ विन्दुमा पुगेको छ । सूचीकृत १६९ कम्पनीको २४ लाख १६ हजार ९८० कित्ता शेयर ७७ करोड १० लाख ६४ गजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ५ समूहका सूचक सकारात्मक भएका छन्। बाँकी रहेको ६ समूह भने नकारात्मक देखिएको छ । यस दिन होटेल समूह ११६.६७ अंकले सबैभन्दा धेरै बढेको छ भने हाईड्रोपावर समूह ५६.२७ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा माथिल्लो तामाकोशीको शेयर ४ लाख ८४ हजार ३३९ कित्ता १४ करोड २७ लाख ६ हजार ८२८ रुपैयाँमा करोबार भएर अग्रस्थानमा छ । यसैगरी, हिमालय डिस्टिलरी लिमिटेडको ६ करोड ६० लाख ४९ हजार ७८०, नेपाल बैंक लिमिटेडको ५ करोड ३५ लाख ३३ हजार ५९०, कृषि विकास बैंकको ३ करोड ६२ लाख ४९ हजार १३७, शिवम् सिमेन्टको ३ करोड १९ लाख १५ हजार २५१, जनता बैंकको २ करोड ३४ लाख ९४ हजार ७२५, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २ करोड १५ लाख ९५ हजार ४११, सानिमा हाईड्रोपावरको २ करोड १४ हजार ५३ हजार १८८, ओरियन्टल होटेल लिमिटेडको २ करोड २ लाख ९८ हजार १५५ र हाईड्रो इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ करोड ७५ लाख ३० हजार ८४३ रुपैयाँ बराबरको कारोबार भएका छन् ।
![]() | |
|
बिहिबारको बजारबाट मल्टिपर्पोज फाइनान्स को शेयरमूल्य ९.६३ प्रतिशतले बढेको छ। यस्तैः सोल्टी होटेल लिमिटेडको ७.९२, एनएमबी म्युचल फण्डको ४.६२, कन्चन डेभलपमेन्ट बैंकको २.८६, नेपाल क्रेडिट एण्ड कमर्शको २.७२, ग्रमिण विकास लघुवित्तको २.१७, कृषि विकास बैंकको २.१२, ओरियन्टल होटेलको २.०४, समिट लघुवित्तको २ र सिटीजन्स म्युचल फण्ड-१ को १.९५ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट हिमालय उर्जाको शेयरमूल्य ९.७२ प्रतिशत भन्दा धेरैले घटेर १३० मा आएको छ। यस्तैः हिमालयन पावर पार्टनरको ९.२२, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ८.८७, घलाम्दी हाईड्रोपावरको ८.५७, युनाइटेड मोदीको ८.५२, कोर्पोरेट बैंकको ८.०८, जोशी हाईड्रोपावरको ७.५१, कालिका पावर कम्पनीको ६.८६, रैराङ्ग हाईड्रोपावरको ६.७९ र अप्पि पावरको ६.३९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य गिरेको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment