२१ चैत २०७६,
काठमाण्डौं, नेपाल।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घुस लिदै गर्दा पक्राउ परेका छन्।
पाठकले विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज नायव सुब्बा कृष्ण कुमार पाठकलाई सेवाग्राहीसँग तीन लाख रूपैयाँ घुसबापतको रकम लिदै गर्दाको अवस्थामा निजलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिईएको हो ।
सन्दर्भ सामाग्रीः
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
No comments:
Post a Comment