१३ चैत २०७६,
काठमाण्डौं, नेपाल।
आर्थिक वर्ष २०७४/७५ मा यथार्थ कुल ग्राहस्थ उत्पादन वृद्धिदर आधारभुत मूल्यमा ५.९ प्रतिशत रहेको छ। गत वर्षमा उक्त वृद्धिदर ७.४ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७४/७५ मा वार्षिक ओसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षमा मुद्रास्फीति ४.५ प्रतिशत रेहको छ। समिक्षा वर्षको ओसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्युन हो।
मुलुकमा तीन तहकै निर्वाचन सम्पन्न भई निर्वाचित सरकार गठन भइसकेको छ। यसकारणले पनि आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण सृजना भएको छ। र, आगामी वर्ष २०७५/७६ मा देशको राजनीतिक, सामाजिक तथा आर्थिक वातावरणमा सुधार तथा स्थायित्व आउँने अपेक्षा राख्न सकिन्छ।
सन् २०१७ मा विश्व अर्थतन्त्र ३.८ प्रतिशतले वृद्धि भएकोले सन् २०१८ मा ३.९ प्रतिशतले वृद्धि हुने अन्तराष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ। लगानी तथा व्यापारमा विश्वव्यापी विस्तारका कारण सन् २०१७ मा विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०११ पछिको उच्च बनेको छ।
समिक्षा आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप १४ प्रतिशतले बढेको थियो। त्यस्तै, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन २२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कर्जा लगानी १८.२ प्रतिशतले बढेको थियो। निक्षेप संकलन जम्मा १९.२ प्रतिशत तर कर्जा लगानी भने २२.५ प्रतिशतले बढेकोले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव रहेको जनाउँछ।
यस्तै, बैंकिङ्ग क्षेत्रमा हुने अस्वास्थ प्रतिस्पर्धाबाट उत्पन्न हुन सक्ने जोखिम, वित्तीय कारोबार गर्दा हुन सक्ने सञ्चालन जोखिमलगायत विविध चुनौतिको सामना गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्य प्रभावकारी रुपमा संचालन गरी ग्राहक सन्तुष्टि, सेवाको गुणस्तर, अवसरको पहिचान र प्रयोग जस्ता पक्षहरुलाई ध्यानमा राखि आन्तरिक तथा वाह्य वातावरणको गर्दै आफ्नो क्रियाकलापहरु संचालन गरेमा नेपालको बैंक तथा वित्तीय क्षेत्रले उल्लेख्निय प्रगति गर्नेछ।
सन्दर्भ सामाग्रीः
ऐजेन्सी
No comments:
Post a Comment