Monday, 27 May 2019

कुमारी बैंकले ढाक्यो विशेष साधारण सभा

१२ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ ।

कुमारीले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१.२५% बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२.७५% र आव २०७४।७५ को नाफाबाट ८.५०% का दरले बोनस दिएको थियो ।





सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment