३० वैशाख २०७६,
काठमाण्डौं, नेपाल।
नेप्से सूचक सोमबार ६.३० अंकले बढेर १३०१.३४ विन्दुमा अडिएको छ । यस दिन १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता ७८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँमा कारोबार भएको छ। गएको दिन १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता ८४ करोड ८१ लाख ३९ हजार रुपैयाँभन्दा धेरैमा खरिदबिक्री भएको थियो ।
कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ५ समूहका सूचक नकारात्मक भएका छन् भने बाँकी समूह सकारात्मक देखिएका छन् । यस दिन उत्पादन तथा प्रशोधन समूह ५९.८१ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह २५.६५ अंकले सबैभन्दा धेरै घटेको हो।
कारोबार रकममा शिवम् सिमेन्टको शेयर अग्रस्थानमा छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक र प्रमियर इन्स्योरन्स परेका छन् ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
|
सोमबारको बजारबाट शिवम् सिमेन्टको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ। यस्तैः हाईड्रो इन्भेष्टमेन्ट एण्ड डेभलपर्सको ९, किसान माइक्रोफाइनान्स, कोर्पोरेट डेभलपमेन्ट बैंक र कालिका लघुवित्तको ७, भार्गव विकास बैंक, हिमालयन पावर पार्टनर र नेशनल हाईड्रो डेभलपर्सको ६, अरुण काबेली पावर र माउन्टेन हाईड्रो नेपालको ५ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
|
उता, आजको बजारबाट हिमालयन डिष्टिलरीको शेयरमूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ। यस्तैः युनाइटेड मोदीको ५, जोसी हाईड्रोपावरको ४, विशाल बजार कम्पनी, शिखर इन्स्योरन्स र प्रमियर इन्स्योरेन्सको ३ र खानीखोला हाईड्रोपावर, मेरो माइक्रोफाइनान्स, विजय लघुवित्त र एनआईसी एशियाको २ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावर आएको छ।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
धन्यवाद! जय नेपाल!!!
No comments:
Post a Comment