Thursday, 9 May 2019

प्राइम कमर्सियल बैंकको खुद नाफामा ३१.३६ प्रतिशतको वृद्धि

२६ चैत २०७६,
काठमाण्डौं, नेपाल।

प्राइम कमर्सियल बैंकको पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब १७ करोड ८३ लाख ४९ हजार  रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३१.३६ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६९ अर्ब ८६ करोड ३९ लाख ८६ हजार रूपैयाँ ऋण लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ४७ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस त्रैमासमा बैंकले २ अर्ब ६० करोड १५ लाख ३० हजार  रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षमा १ अर्ब ८३ करोड १ लाख २३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ४२.१५% को वृद्धि हो। 
साथै, यस वर्ष संचालन नाफा १ अर्ब ७० करोड ९१ लाख ७७ हजार रूपैयाँबाट बढेर २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा २८.६८% को वृद्धि हो। कम्पनीले खर्च बढि भएर ब्याज आम्दानीको बढोत्तरी र संचालन नाफाको अनुपातमा अन्तर ठूलो देखिएको छ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ र जगेडा कोषमा भने २ अर्ब ३३ करोड ३८ लाख ६ हजार रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.८२% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा २.१२% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रूपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रूपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात १३.२५ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ७.३७%, आधारदर १०.०७% र स्प्रेड दर ४.२८% रहेको छ।

सन्दर्भ सूचीः
प्राइम कमर्सियल बैंक

No comments:

Post a Comment