Wednesday, 29 May 2019

नेप्से परिसूचक ८.२४ अंकले बढ्यो, कारोबार रकम अर्ब नजिक

१४ जेठ २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ८.२४ अंकले बढेर १३०५.४९ विन्दुमा आइपुगेको छ । सूचीकृत १७३ कम्पनीको २६ लाख २८ हजार ४२० कित्ता शेयर ९० करोड ८ लाख ५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


चित्र १ः नेप्से परिसूचक


कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ९ समूहका सूचक सकारात्मक भएका छन् भने २ समूहका सूचक मात्र नकारात्मक भएका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह १००.४६ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह ६०.२४ अंकले सबैभन्दा धेरै घटेको हो।

चित्र २ः उपसमूह


कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर २ लाख ९८ हजार ०१३ कित्ता २० करोड ४० लाख ६८ हजार ४७१ रुपैयाँमा करोबार भएको छ । यसैगरी, प्रभु बैंकको ८ करोड ४३ लाख ३३ हजार २६८, माथिल्लो तामाकोशीको ८ करोड १५ लाख ६७ हजार ०२७, नेपाल बैंक लिमिटेडको ३ करोड ७४ लाख ६० हजार १९१, कृषि विकास बैंकको २ करोड २८ लाख ६० हजार ६७३, युनाइटेड इन्स्योरेन्सको २ करोड ११ लाख ५ हजार ३४३,   लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५ लाख ३९ हजार १८१, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९० लाख ५१ हजार ५४६, मेघा बैंकको १ करोड ७९ लाख ६८ हजार १४८ र नेपाल टेलिकमको १ करोड ७८ लाख ४ हजार ५२० रुपैयाँ बराबरको कारोबार भएका छन् ।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


बुधबारको बजारबाट हिमालयन डिस्टिलरीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ।  यस्तैः स्पर्श लघुवित्त को ९.९४, हिमालय उर्जाको ९.७७, महिला सहयात्री लघुवित्तको ७.६३, माउन्टेन हाईड्रोको ७.१४, स्वदेशी लघूवित्तको ६.२६, राढी जलविद्युतको ६.१३, कोर्पोरेट डेभलपमेन्ट बैंकको ५.८८, मिथिल्ला लघुवित्तको ५.८६ र घलाम्दी हाईड्रोपावरको ५.५६ प्रतिशतले शेयरमूल्य बढेको छ। 

चित्र ४ः सकरात्मक रहेका कम्पनी



उता, आजको बजारबाट जोशी हाईड्रोपावरको  शेयरमूल्य ९.६१ प्रतिशत भन्दा धेरैले घटेर ९४ मा आएको छ। यस्तैः युनाइटेड  मोदी हाईड्रोपावरको ४.८०, ज्योति विकास बैंकको ४.८, नेपाल इन्स्योरेन्स कम्पनीको ४.२०, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनानसको ३.३३, अरुण काबेली पावरको ३.०३, उन्नति माइक्रोफाइनान्सको २.९१, मल्टीपर्पोज माइक्रोफाइनान्सको २.६७, चौतारी लघुवित्तको २.६० र छ्याङ्दी हाईड्रोपावरको २.०२ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी



सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment