१४ जेठ २०७६,
काठमाण्डौं, नेपाल।
देवः विकास बैंकले ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड छ ।
चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दासम्म कम्पनीले २५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा कम्पनीले २६ प्रतिशतले नाफा वृद्धि गरेको हो। समिक्षा अवधिमा कम्पनीले २० करोड २३ लाख रुपैयाँ कमाएको थियो।
कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा १४ गतेको दिन हरियो आकृति (बिना पुच्छर र टाउको) बनाएको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ।
कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा माथि रेहेको छ। यस्ले मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ।
आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो ७० दशमलव ७७ विन्दुमा छ । यसले स्टकको खरिदचाप राम्रो रहेको जनाउँछ।
बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन मथिल्लो ब्याडनजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको लोवर ब्याण्ड र माथिल्लो ब्याण्ड निकै फराकिलो छ। र, यसमा बुलिस गति लिरेहेको देख्न सकिन्छ ।
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा माथि छ। एमएसिडीमा किम्मे सिग्नल जारी छ र यो सकारात्मक विन्दुमा भएकोले जेखिम पनि कम रहेको छ।
त्यस्तै, मंगलबारको शेयरमूल्य रू. १ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ४० मा टेवा पाउने देखिन्छ ।
 |
चित्रः ६ः टेवा / प्रतिरोध |
|
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment