काठमाण्डौं, नेपाल।
आईएमई जेनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख छ । कम्पनीले बीमा समितिले तोकेबमोजिम पुर्याउनको लागि ५% बोनस शेयर वितरण गर्दैछ। यस पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्नेछ। कम्पनीले वैशाख २६ गते सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दासम्म कम्पनीले १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा कम्पनीले २१ प्रतिशतले नाफा वृद्धि गरेको हो। समिक्षा अवधिमा कम्पनीले ८ करोड २३ लाख रुपैयाँ कमाएको थियो।
कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा १३ गतेको दिन लामो पुच्छर र टुप्पी भएको हरियो आकृति बनेको थियो । 'यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ', भनेर विश्लेषण गरेको थिएँ। र, आजको दिनमा बजार बन्दहुँदा हिजोको ४०६ को मूल्यलाई १ अंकले उछिनेको छ।
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() | |
|
![]() |
चित्रः ५ः एमएसिडी |
त्यस्तै, मंगलबारको शेयरमूल्य रू. ४ सय ६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय २४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ९२ मा टेवा पाउने देखिन्छ ।
![]() |
चित्रः ६ः टेवा / प्रतिरोध |
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment