Monday, 3 June 2019

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, परिसूचक १२९२.८४ विन्दुमा

२० जेठ २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १२.८४ अंकले घटेर १२९२.८४ विन्दुमा आइपुगेको छ । सूचीकृत १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर ९० करोड ८ लाख ५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।




चित्र १ः नेप्से परिसूचक

कुल ११ वटा समूहको शेयर कारोबार भएका सबै समूहका सूचक नकारात्मक भएका छन्। यस दिन निर्जीवन बीमा समूह ६७.६४ अंकले सबैभन्दा धेरै घटेको छ भने म्युचल फण्ड समूह ०.१४ अंकले सबैभन्दा कम घटेको हो।


चित्र २ः उपसमूह
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको शेयर १ लाख ९३ हजार १७२ कित्ता ९ करोड ६ लाख ३ हजार ७५३ रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्टको ६ करोड ७ लाख २६ हजार १८५, प्रभु बैंकको ५ करोड ५ लाख ७४ हजार ५१०, नेपाल बैंक लिमिटेडको ३ करोड ५७ लाख २४ हजार ०७७, प्रमियर इन्स्योरेन्सको ३ करोड ३० लाख ७६ हजार २१६,  माथिल्लो तामाकोशीको ३ करोड ८ लाख २७ हजार ११०, तारागाँउ रेजेन्सी होटेलको ३ करोड ८ लाख १७ हजार ४१०, कृषि विकास बैंकको २ करोड ६७ लाख ६२ हजार ८२५, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १ करोड ९५ लाख ११ हजार ०६८ र नबिल बैंक संस्थापक को १ करोड ६६ लाख ९१ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएका छन् ।


चित्र ३ः धेरै कारोबार भएका कम्पनी
सोमबारको बजारबाट तारागाँउ होटेलको शेयरमूल्य ७.५० प्रतिशतले बढेर रु. ३०१ भएको छ।  यस्तैः गुराँस लघुवित्तको ४.६६, कन्काई विकास बैंकको ४.४९, रिलायन्स फाइनान्सको ३.७०, मल्टीपर्पोज फाइनान्सको ३.६०, सिन्धु विकास बैंकको २.८६, कर्णाली विकास बैंकको २.६५, हिमालयन उर्जाको १.९७, रैंराङ्ग हाईड्रोपावरको १.९० र एनआईबिएल प्रगति फण्डको १.८७ प्रतिशतले शेयरमूल्य बढेको छ। 


चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट पाँचथर पावरको  शेयरमूल्य ९.५२ प्रतिशत भन्दा धेरैले घटेर १३३ मा आएको छ। यस्तैः कोर्पोरेट बैंकको ५.५५, वर्ल्ड मर्चेन्ट बैंकको ५.४९, माउन्टेन हाईड्रोपावरको ५.४५, स्पर्श लघुवित्तको ५.२८, कालिका पावरको ५.०५, ओरियन्टल होटेलको ४.५५, वेस्ट फाइनान्सको ३.८०, समिट लघुवित्तको ३.८० र श्री फाइनान्स कम्पनीको ३.७९ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।



चित्र ५ः नकारात्क रहेका कम्पनी



सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment