काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ८.७८ अंकले घटेर १२७५.८२ विन्दुमा आइपुगेको छ । सूचीकृत १७३ कम्पनीको २० लाख ७२ हजार ३०४ कित्ता शेयर ६१ करोड ३ लाख ४७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएका ३ समूहका सूचक मात्र सकारात्मक भएका छन् भने ९ समूह नकारातमक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधण समूह १५.५५ अंकले सबैभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा समूह १२४.३८ अंकले सबैभन्दा धेरै घटेको हो।
![]() | |
|
कारोबार रकमको आधारमा एनआईसी एशियाको ९१ हजार ८९३ कित्ता शेयर ४ करोड १८ लाख ५९ हजार ०७८ रुपैयाँमा करोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, नेपाल बैंक लिमिटेड, नबिल संस्थापक, नेपाल टेलिकम, सिटी एक्सप्रेस संस्थापक, ग्लोबल आइएमई बैंक, मेघा बैंक र सूर्य लाइफ इन्स्योरेन्सले कमर्श धेरै कारोबार गरेका छन् ।
![]() | |
|
सोमबारको बजारबाट वर्ल्ड मर्चेन्ट बैंकको शेयरमूल्य ७.६१ प्रतिशतले बढेर रु.९९ भएको छ। यस्तैः हिमालयन डिष्टीलरी लिमिटेडको ४.९६, गणपत्ति माइक्रोफाइनान्सको ४.६४, युनाइटेड मोदी हाईड्रोपावरको ४.४६, ज्योति विकास बैंकको २.६०, कन्चन विकास बैंकको २.०४, एनएमबी हाईब्रिड फण्डको २, युनिलिभर नेपाल लिमिटेडको १.९८, एनआइबिएल प्रगति फण्डको १.९४ र राढी जलविद्युतको १.८६ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट तारागाँउ होटेलको शेयरमूल्य ७.३३ प्रतिशत भन्दा धेरैले घटेर रु.३०३ मा आएको छ। यस्तैः रिलायन्स फाइनान्सको ६.२५, युनिभर्सल पावर कम्पनीको ६.१२, एभरेष्ट इन्स्योरन्सको ५.१४, उन्नति माइक्रोफाइनान्सको ४.७८, सिटी एक्सप्रेस फाइनान्स कम्पनीको ४.६२, वेष्ट फाइनान्स कम्पनीको ४.५४, प्रुडेन्सियल इन्स्योरेन्सको ४.४५, नेपाल हाईड्रो डेभलपर्सको ४.२९ र राष्ट्रिय बीमा कम्पनीको ३.८५ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment