Saturday, 8 June 2019

पूँजी बजारमा महिलालाई आरक्षण दिनुपर्छः अर्थमन्त्री

२५ जेठ २०७६,
काठमाण्डौं, नेपाल।



अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा महिलाका लागि आरक्षण व्यवस्था गर्नु पर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिक उत्सव कार्यक्रममा शनिबार अर्थमन्त्री खतिवडाले आरक्षणको व्यवस्था गर्न सुझाव दिएका हुन् । धितोपत्र बोर्डले सबैलाई १० कित्ता आइपीओ दिने व्यवस्था गरेको छ । यो प्रभावकारी पनि छ । ‘अब यसैमा महिलालाई आरक्षण दिने व्यवस्था गर्नुपर्छ । महिलालाई आइपीओमा आरक्षण दिने व्यवस्था ल्याए अर्थमन्त्री खुशी हुन्छ,’ उनले भने । 

घर जग्गाको स्वामित्वमा महिलालाई छुटको व्यवस्था गरे पछि सम्पत्तिको स्वामित्व महिलामा आउने क्रम बढेकोबाट पूँजी बजारमा पनि महिलालाई प्रोत्साहन हुने कार्यक्रम आउनुपर्ने बताए । महिलालाई छुटको व्यवस्था गरे पछि १० प्रतिशबाट बढेर २८ प्रतिशतसम्म घर जग्गामा महिलाहरुको स्वामित्व वृद्धि भएको तथ्यांक अर्थमन्त्री प्रस्तुत गरे ।


ऐजेन्सी

No comments:

Post a Comment