१० असार २०७६,
काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ०.९६ अंकले बढेर १२६१.०७ विन्दुमा अडिएको छ। यस दिन १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता ३६ करोड ४७ लाख ७३ हजार ३३० रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका १२ उपसूचकमध्य ६ सूचक सकारात्मक रहेका छन् भने बाँकी ६ सूचक नकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधण समूह १९.९५ अंकले सबैभन्दा धेरै बढेको छ भने २१.२५ अंकले होटेल समूह सबैभन्दा धेरै गिरेको छ।
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २ करोड ५३ लाख ८४ हजार ७१६ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, शिवम सिमेन्ट, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक संस्थापक, कैलाश विकास बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक र रिढी हाईड्रोपावरले कारोबार गरेका छन्।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
|
यस दिनको बजारबाट गणपति माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्यमा ९.९२ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः जनउत्थान सामुदायक लघुवित्तको ७.५६, युनिलिभर नेपालको ४.०३, मिथिल्ला लघुवित्तको ३.९५, नयाँ नेपाल लघुवित्तको ३.१६, ग्लोबल आइएमई लघुवित्तको २.८४, प्रग्रेसिभ फाइनान्सको २.८३, नेशनल माइक्रोफाइनान्सको २.७८, नेपाल सेवा लघुवित्तको २.४४ र सामुदायिक लघुवित्तको २.३५ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
|
उता, आजको बजारबाट मल्टीपर्पोज फाइनान्सको ८.२१ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः गुराँस लघुवित्तको ४.७६, अरुण काबेलीको ४.२१, मुक्तिनाथ विकास बैंक संस्थापकको ३.५, स्वदेशी लघुवित्तको ३.३३, खानीखोला हाईड्रोपावरको २.७७, रिलायन्स फाइनान्सको २.३२, जानकी फाइनान्सको २.२३, छ्याङ्दी हाईड्रोपावरको २.१० र समिट लघुवित्तको २ प्रतिशतले शेयरमूल्य घटेका छन्।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
No comments:
Post a Comment