११ असार २०७६,
काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.७८ अंकले घटेर १२५८.२९ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता ५७ करोड १ लाख २३ हजार ४८१ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा आएका १२ उपसूचकमध्य ४ सूचक सकारात्मक रहेका छन् भने बाँकी ६ सूचक नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह २.५३ अंकले सबैभन्दा धेरै बढेको छ भने ११.१८ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै गिरेको छ।
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १९ करोड ४२ लाख ७३ हजार ४३० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, आइएमई जेनरल इन्स्योरेन्स संस्थाप, प्रमियर इन्स्योरेन्स, शिवम सिमेन्ट, सानिमा बैंक, जलविद्युत विकास तथा लगानी कम्पनी, गणपति माइक्रोफाइनान्स र सिटीजन्स बैंकले कारोबार गरेका छन्।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
|
यस दिनको बजारबाट नेपाल एग्रो माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्यमा ९.९५ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः आइएमई जेनरल इन्स्योरेन्सको ६.९५, पाँचथर पावरको ६.४७, स्वाभिमान लघुवित्तको ४.७५, अरुण काबेली पावरको ४.४०, कालिका पावरको ४.३०, हिमायन जेनरल इन्स्योरन्सको ३.९३, सपोर्ट माइक्रोफाइनान्सको ३.२५, नेपाल हाईड्रो डेभलपर्सको ३.२० र रिलायन्स फाइनान्सको ३.१७ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी
|
|
उता, आजको बजारबाट गुराँस लघुवित्तको ६.३६ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः आशा लघुवित्तको ४.१७, सिद्धार्थ इन्स्योरेन्सको ३.१३, गुराँस इन्स्योरेन्सको २.६६, रिढी विद्युत कम्पनीको २.६३, ग्रिन डेभलपमेन्ट बैंकको २.५६, घलाम्दी हाईड्रोपावरको २.४०, गुडविल फाइनान्सको २.२५, युनाइटेड फाइनान्सको २.२० र सगरमाथा इन्स्योरेन्सको २.१८ प्रतिशतले शेयरमूल्य घटेका छन्।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
|
|
No comments:
Post a Comment