काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० विन्दुमा अडिएको छ । सूचीकृत १७३ कम्पनीको १५ लाख ०४ हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख १५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा २० लाख भन्दाधेरैले बढेको छ।
![]() | |
|
कुल ११ वटा समूहको शेयर कारोबार भएका ७ समूह सकारात्मक र ४ समूह नकारात्मक रहेका छन्। यस दिन होटेल समूह २६.५४ अंकले सबैभन्दा धेरै बढेको छ भने विकास बैंक समूह २.५५ अंकले सबैभन्दा धेरै गिरावट आएको छ।
![]() | |
|
कारोबार रकमको आधारमा शिवम् सिमेन्टको ७८ हजार ४४४ कित्ता शेयर ५ करोड १८ लाख ३३ हजार ८१९ रुपैयाँमा करोबार भएको छ । यसैगरी, चिलिमे हाईड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, डेस्प्रोग लघुवित्त, नेपाल बैंक, प्रभु बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, जनता बैंक र एनआईसी एशिया बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
![]() | |
|
सोमबारको बजारबाट जनउत्थान लघुवित्तको शेयरमूल्य ९.९१ प्रतिशतले बढेर रु.४२३ भएको छ। यस्तैः गणपति माइक्रोफाइनान्सको ९.७८, सिभिल लघुवित्तको ६.९४, अरुण काबेली पावरको ५.५६, स्वाभिमान लघुवित्त र स्वदेशी लघुवित्तको ४.९८,स्वरोजगार लघूवित्तको ४.९४, नेपाल सेवा लघुवित्तको ४.८७, नाडेप लघुवित्तको ४.३२ र सिन्धु विकस बैंकको ३.६८ प्रतिशतले शेयरमूल्य बढेको छ।
![]() | |
|
उता, आजको बजारबाट मल्टीपर्पोज फाइनान्सको ९.६० प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्य गिरेको छ। यस्तैः युनाइटेड मोदीको ४.५, सिटी एक्सप्रेस फाइनान्सको ३.९२, पञ्चकन्या माई हाईड्रोपावरको ३.६३, राष्ट्रिय बीमा कम्पनीको २.८२, समता माइक्रोफाइनान्सको २.७०, कालिका पावरको २.१५, युनिलिभर नेपालको १.९९, छिमेक लघुवित्तको १.९६ र प्रुडेन्सियल इन्स्योरेन्सको १.९१ प्रतिशतभन्दा धेरैले शेयरमूल्यमा गिरावट आएका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment