Thursday, 27 June 2019

नेप्से परिसूचक १.१४ अंकले घट्यो, कारोबार रकममा ५ करोडको वृद्धि

११ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १.१४ अंकले घटेर १२५७.१५ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको १८ लाख ५४ हजार ६७६ कित्ता ६२ करोड ७९ लाख ८ हजार ८१२ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ५ करोडको वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ४ सूचक सकारात्मक रहेका छन् भने बाँकी ६ सूचक नकारात्मक रहेका छन्। यस दिन होटेल समूह १८.०८ अंकले सबैभन्दा धेरै बढेको छ भने १०१.३५ अंकले निर्जीवन बीमा समूह सबैभन्दा धेरै गिरेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ९७ लाख ७१ हजार ५०० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गुर्खाज फाइनान्स संस्थापक, सिभिल बैंक, नबिल बैंक, एनआइसी एशिया र एभेष्ट बैंकले धेरै कारोबार गरेका छन्। 
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्यमा ९.१५ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नेपाल एग्रो माइक्रोफाइनान्सको ७.९७, एशियन लाइफ इन्स्योरेन्सको ३.४०, रिढी हाईड्रोपावरको ३.३३, वेष्ट फाइनान्सको २.९४, सिन्धु विकास बैंकको २.९२, आशा लघुवित्तको २.८२, स्वाबलम्वन लघुवित्तको २.४९, साइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १.९७ र हिमालयन डिष्टिलरीको १.९५ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
आइएमई जेनरल इन्स्योरन्सको ४.७५ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः पाँचथर पावरको ४.७२, स्पर्श लघुवित्तको ४.२२, कालिका पावरको ४.१२, आख्खु खोला जलविद्युतको ४, राष्ट्रिय बीमा कम्पनीको ३.९४, अरुण काबेली पावरको ३.६८, नेपाल इन्स्योरेन्सको ३.५२, हिमालयन जेनरल इन्स्योरेन्सको ३.२४ र नेपाल हाईड्रो डेभलपर्सको ३.१० प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment