Sunday, 30 June 2019

स्वार्थ केन्द्रित मान्छे!

१० साउन २०७४,
काठमाण्डौं, नेपाल।

घामको तापले केही असहज भएको थियो। तर, बाद्यता शरीमा भिटामिन डी को कमि थियो। यस्तै कुराहरु खेलिरहेको थियो मनमा।

एकास्सी मनको चरी उडेर बादलसँगै मबाट टाढा टाढा गई।

उनी त्यहाँ गई भने एउटा कुर्सी मिलाएर मेरो अगाडी बस्यो।
मैले टेबलमा राखिएको काईयोले आफ्नो कपाल कोरे र काईयोलाई टेबलमा राखे।
त्यसले पनि काईयो समाएर कोर्न थाल्यो।
मैले प्याच्च भने, 'नचला मुझी जुम्रा पर्छ।'
टेबलमा काईयो राख्दै, 'अनि के छ त मुझी।'
'ठिकै छ। आज कामबाट छिटो आईछस त?'
जवाफ आयो,'आज छिटो निस्किएँ।'
केहीबेरको मौनता पश्चात त्यसले जाऊ हिड मास्तिर भन्यो।
'म जादिन्। मलाई आराम गर्नुछ।'
त्यतिकैमा त्यो मेरो कोठामा पसेर गितार लिएर बाहिर आयो।
'त काले भईछस्, दात मिलाको हो?'
मेरो विदेश बसाईपछि हामी ३.५ वर्षमा भटिरहेका थियौं।
'चाहिने कुरा गर् न! कहाँ सकिन्छ त्याहाँ!'
'अनि ३.५ वर्ष कस्तो रह्यो त?'
मैले आफ्नो यात्राको साक्षिप्तमा जवाफ दिएँ।
'तसँग पैसा छ?'
'छैन।'
'खल्तीमा ५ रुपैयाँ पनि छैन। यो तरकारी खेतिमा चै त्यस्तै रहेछ। २-३ महिना चै पैसा नहुने रहेछ' भन्दै दुःख पोख्यो।
पुनः सोध्यो, '५००/१००० पनि छैन?'
'छैन।'
गितार खेलाउँदै थियो, जोढले एकपटक स्ट्रिङ्ग बजार्यो।
केही क्षेणपछि उ आफ्नै बाटो लाग्यो।

यो घटनालाई पुनरावलोकन गर्दा सम्बन्धित व्यक्तिले एकपटक पनि मेरो स्वास्थ्यको बारेमा जान्न चाहेको पाईन्। तर, आफ्नो उदेश्य पैसाको विषयमा मात्र  भने बढि केन्द्रित रहेको पाएँ।



No comments:

Post a Comment