Wednesday, 5 June 2019

सेञ्चुरी कमर्सियल बैंकः कम्पनी विश्लेषण (मंगलबार, २१ जेठ २०७६)

२२ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

सेञ्चुरी बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा खुद नाफा ९.०६ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा २१ गतेको दिन डोजी आकृति (लामो पुच्छर र टाउँको) बनाएको छ । यस्तो आकृतिले लगानीकर्तामा अन्योल रहेको संकेत गर्दछ। 


चित्र १ः मैनबत्ती


कम्पनीको मुभिङ एभरेजमा 
२० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ।  यस्ले मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ।



चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो ३८ दशमलव ८१ विन्दुमा छ । यसले खरिदको तुलनामा विक्रिचाप धेरै रहेको जनाउँदै छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लो ब्याडनजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको लोवर ब्याण्ड र माथिल्लो ब्याण्ड निकै फराकिलो भएतापनि यसमा बियरिस गति लिरेहेको देख्न सकिन्छ । 



चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा तल छ। एमएसिडीमा अझैं पनि सेल सिग्नल जारी छ र यो नकारात्मक (० भन्दा मुनि) विन्दुमा भएकोले जेखिम पनि धेरै रहेको जनाउँछ।



चित्रः ५ः एमएसिडी

त्यस्तै, बुधबारको शेयरमूल्य रू. १ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ६४ मा टेवा पाउने देखिन्छ ।


चित्रः ६ः टेवा / प्रतिरोध

यद्यपि, यदि फिबेनाची रिट्रेस्मेन्टको कोणबाट हेर्दा कम्पनीेको मूल्य आफ्नो ६१.८% को रिट्रेस्मेन्ट लेवल रु.१६४.६८ को विन्दु नजिक रहेको छ। 

चित्र ७ः फिबेनाची रिट्रेस्मेन्ट

समग्रमा, हाम्रा ६ सल्लाहकार (इन्डिकेटर) साथीहरुले नकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र सकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागिको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको १ दिनको कारोबारमा मैनबत्तीमा डोजी पश्चात बुलिस एनगलफिङ्ग मैनबत्ती बने र आरएसआई र एमएसिडीमा राम्रो सुधार दिखएको खण्ड खरिद गरे जोखिम न्युन रहेनेछ।

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment