नेप्सेमा करेक्सन निरन्तर, कारोबार रकम जम्मा आधा अर्ब
२३ जेठ २०७६, काठमाण्डौं, नेपाल। नेप्से परिसूचक ४.६९ अंकले घटेर १२८४.५९ विन्दुमा आइपुगेको छ । सूचीकृत १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर ५८ करोड ८८ लाख २२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
चित्र १ः नेप्से परिसूचक
कुल ११ वटा समूहको शेयर कारोबार भएका ५ समूहका सूचक सकारात्मक भएका छन् भने ७ समूह नकारातमक रहेका छन्। यस दिन फाइनान्स समूह १८.५६ अंकले सबैभन्दा धेरै बढेको छ भने जीवन बीमा समूह ८५.२४ अंकले सबैभन्दा धेरै घटेको हो।
चित्र २ः उपसमूह
कारोबार रकमको आधारमाशिवम् सिमेन्टको ७ करोड ७६ लाख ९७ हजार २८७ रुपैयाँमा करोबार भएको छ । यसैगरी, कैलाश विकास बैंक, नेपाल बैंक लिमिटेड,प्रभु बैंक, तारागाँउ होटेल, एनआईसी एशिया बैंक, ओरियन्टल होटेल, माथिल्लो तामाकोशी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कृषि विकास बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
विहिबारको बजारबाट कोर्पोरेट बैंकको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर रु. १२५ भएको छ। यस्तैः गुडविल फाइनान्सको ९.६०, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ९.५२, कर्णाली विकास बैंकको ९.४०, सिटी एक्सप्रेस फाइनान्सको ८, माञ्जुश्री फाइनान्सको ७.४४, गुर्खाज फाइनान्सको ७.०२, प्रग्रोसिभ फाइनान्सको ६.६७, कञ्चन डेभलपमेन्ट बैंकको ६.५२ र ग्रिन डेभलपमेन्ट बैंकको ६.०९ प्रतिशतले शेयरमूल्य बढेको छ।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट पाँचथर पावरकोशेयरमूल्य ५.१० प्रतिशत भन्दा धेरैले घटेर १३० मा आएको छ। यस्तैः सिभिल लघुवित्तको ४.७१, माहुली सामुदायिक लघुवित्तको ४.५५, खानीखोला हाईड्रोपावरको ४.४७, विशाल बजार कम्पनीको ३.८९, माउन्टेन हाईड्रोपावरको ३.८४, नाग्दी पावरको ३.३०, कालिका पावर कम्पनीको ३.१२, उन्नति माइक्रोफाइनान्सको २.७९ र नेपाल इन्स्योरेन्स कम्पनी नेपालको २.६७ प्रतिशतले शेयरमूल्यमा हास आएको छ।
No comments:
Post a Comment