Thursday, 20 June 2019

नेप्से परिसूचक ५.९९ अंकले बढ्यो, कारोबार रकम ३७ करोड

३ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ५.९९ अंकले बढेर १२६४.३६ विन्दुमा अडिएको छ । सूचीकृत १७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा अहिल्लो दिनको तुलनामा २ करोड भन्दाधेरैले बढेको छ।

चित्र १ः नेप्से परिसूचक


कुल ११ वटा समूहको शेयर कारोबार भएका ९ समूह सकारात्मक र ३ समूह नकारात्मक रहेका छन्। यस दिन माइक्रोफाइनान्स समूह १३.६८ अंकले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन समूह १२.८८ अंकले सबैभन्दा धेरै गिरावट आएको छ।
चित्र २ः उपसमूह

कारोबार रकमको आधारमा 
शिवम् सिमेन्टको ३६ हजार २५४ कित्ता शेयर ३ करोड १ लाख ३६ हजार ५४९ रुपैयाँमा करोबार भएको छ । यसैगरी, नेपाल क्रडिट एण्ड कमर्स बैंक, नेपाल बैंक, प्रभु बैंक, मेघा बैंक, एनआईसी एशिया, ग्लोबल आइएमई बैंक संस्थापक, माथिल्लो तामाकोशी, मक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकले कमर्श धेरै कारोबार गरेका छन् ।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी



विहिबारको बजारबाट गुराँस लघुवित्तको शेयरमूल्य ९.८७ प्रतिशतले बढेर रु.४२३ भएको छ। यस्तैः मल्टीपर्पोज फाइनान्सको ९.७७, खानीखोला हाईड्रोपावरको ७.३५, स्वदेशी लघुवित्तको ६.०३, एनएमबी माइक्रोफाइनान्सको ५.८९, पाँचथर पावरको ५.८०, माहुली सामुदायिक लघुवित्तको ५.७७, नयाँ नेपाल लघुवित्तको ५.२६, मितेरी डेभलपमेन्ट बैंकको ५ र नेपाल एग्रोको ४.९३ प्रतिशतले शेयरमूल्य बढेको छ। 
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट रिलायन्स फाइनान्सको शेयरमूल्य ५.२६ प्रतिशत भन्दा धेरैले घटेर रु.१२६ मा आएको छ। यस्तैः कोर्पोरेट डेभलपमेन्ट बैंकको ३.२२, गुराँस लाइफइन्स्योरेन्सको २.१७, युनिलिभर नेपालको १.९९, सिटीजन्स म्युचल फण्डको १.९३,  संग्रीला विकास बैंकको १.९२, लक्ष्मी म्युचल फण्डको १.८६, सिभिल लघुवित्तको १.८, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १.७७ र कर्णाली विकास बैंकको १.६९ प्रतिशतले शेयरमूल्यमा घटेको छ।
चित्र ५ः नकारात्क रहेका कम्पनी



सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 
जय नेपाल!!!

No comments:

Post a Comment