काठमाण्डौं, नेपाल।
पाँचथर पावर कम्पनीको शेयर वैशाख १९ गतेदेखि दोस्रो बजारमा सूचीकृत भएको थियो। यस दिनदेखि हालसम्म कम्पनीको ३५ दिन शेयर करोबार भएको छ।
कम्पनीको ३४ दिनको कारोबार अवधिको अन्तिम दिन हप्ताको मैनबत्तीलाई हेर्दा कालो मोरुबजु आकृतिको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
![]() | |
|
कम्पनीको मुभिङ एभरेजमा ५ दिने औसत मूल्यरेखाभन्दा २० दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने ५ दिने रेखाभन्दा मुनि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। साथै, केहीको दिन यता ५ र २० दिने औसत रेखा नजिक आएका छन्।
![]() | |
|
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो २८ दशमलव २४ विन्दुमा छ । चित्र ३ मा खरिदको तुलनामा विक्रि धेरैरहेको देख्न छ। यद्यपि, आरएसआईको लगातार नयाँ उचाइमा चढ्दैं यसले नयाँ बुलिस यात्राको लय समातेको छ।
![]() | |
|
बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लोको ब्याडभन्दा नजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा तल्लो-ब्याण्डभन्दा माथि मूल्य केही दिनदेखि रहिआएकोले यस तल्लो-ब्याण्डभन्दा महत्वपूर्ण सपोर्टको रुपमा काम गरेको मान्न सकिन्छ।
![]() | |
|
![]() | |
|
त्यस्तै, बुधबारको शेयरमूल्य रू. ४ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय १९ मा टेवा पाउने देखिन्छ । यो सपोर्ट बलियो रहेको कुरा यसभन्दा अगाडि मूल्यले यस विन्दुबाट समाएको गतिले पुष्टि गर्छ।
![]() | |
|
समग्रमा, हाम्रा ३ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने २ ले नकारात्मक र १ ले अनिश्चित सुझाव दिएका छन्। अहिलेको मूल्य केही दिनसम्म कायम रहेको खण्डमा लगानी गरे बुद्धिमानी हुनेछ।
सन्दर्भ सामाग्रीः
नेप्से
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment