Sunday, 14 July 2019

नेप्सेमा झिने सुधार, कारोबार रकम जम्मा २८ करोड

२९ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ०.९५ अंक अर्थात ०.०८ प्रतिशतले बढेर १२४९.४९ विन्दुमा अडिएको छ। यस दिन १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता २८ करोड ५२ लाख १४ हजार ५७२ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १७ करोडको कमि भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य ७ सूचक सकारात्मक रहेका छन् भने बाँकी ४ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ३५.५२ अंकले सबैभन्दा धेरै बढेको छ र २.५३ अंकले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नागरिक लगानी कोषको २ करोड ५३ लाख ७ हजार ३३० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः
 मेघा बैंक सस्थापक, नेपाल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक, चिलिमे हाईड्रोपावर, माथिल्लो तामाकोशी, मेघा बैंक, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट माहुली सामुदायिकको शेयरमूल्यमा ९.९० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नबिल इक्विटी फण्डको ७.३८, पञ्चकन्या माई हाईड्रोको ५.८८, समिट लघुवित्तको ३.४०, दिव्येश्चरी हाईड्रोपावरको २.७८, आशा लघुवित्तको २.५६, लक्ष्मी लघुवित्तको २.३१, स्रिजना फाइनान्सको १.९५, कामना सेवा विकास बैंकको १.८९ र प्रोग्रोसिभ फाइनान्सको १.८७
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट मल्टीपर्पोज फाइनान्सको ८.२७
 प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः अरुण कबेली पावरको ६.२५, गुराँस लघुवित्तको ३.७५, ग्लोबल आइएमई लघुवित्तको ३.२, नाडेप लघुवित्तको २.८५, कर्णाली विकास बैंकको २.६०, इन्फिनिटी लघुवित्तको २.५२, जनउत्थान लघुवित्तको २.४९, नेपाल हाईड्रो डेभलपर्सको २.४३ र कालिका पावर कम्पनीको २.१७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment