Monday, 8 July 2019

नेप्सेमा शेयर बेच्नेको लर्को, परिसूचक १२४७.३५ विन्दुमा

२३ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ८.७० अंकले घटेर १२४७.३५ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता ५९ करोड १० लाख ५३ हजार ८१२ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य २ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी सबै सूचक नकारात्मक रहेका छन्। यस दिन जलविद्युत समूह २.४ अंकले सबैभन्दा धेरै बढेको छ र ६४.०८ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै प्रभु बैंक संस्थापकको ११ करोड ४५ लाख ७० हजार रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सिभिल बैंक, सल्ट ट्रेडिङ्ग कर्नसर्न, प्रभु बैंक, नेपाल बैंक, सञ्चुरी कमर्सियल बैंक, मेघा बैंक, गरिमा विकास बैंक संस्थापक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र कुमारी बैंक
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट इन्फिनिटी लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः अख्खु खोला जलविद्युतको ७.०४, अरुण काबेली पावरको ३.८५, घलाम्दी हाईड्रोपावरको ३.६१, सिनर्जी पावरको ३.३७, कोर्पोरेट डेभलपमेन्ट बैंकको ३.२५, सिभिल लघुवित्तको २.९५, दिव्याश्वरी हाईड्रोपावरको २.८२, छ्याङ्दी हाईड्रोपावरको २.३० र नबिल इक्विटीको २.०६
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
जनउत्थान लघुवित्तको ९.९१ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः रैराङ्ग हाईड्रोपावरको ५.३०, वेष्ट फाइनान्सको ४.७६, सगरमाथा इन्स्योरेन्सको ३.८७, मल्टीपर्पोज फाइनान्सको ३.८४, समिट लघुवित्तको ३.७७, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ३.७५, कर्णाली विकास बैंकको ३.३३, विजय लघुवित्तको ३.२८ र कामना सेवा विकास बैंकको ३.१० प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment