मेरो मन कर्कलाको पातमा भएको पानी थोपा जस्तो भएको छ। कर्कलोको पातमा जसरी पानीको थोपालाई जता मनलाग्यो त्यतै लान सकिन्छ त्यसरी नै मेरो मन पनि कहिले एउटा कुनामा डुल्छ त कहिले अर्को कुनामा डुल्न हिड्छ, मात्र यसलाई हल्लाउने म होइन्।
स-साना इच्छा वा सपना पूर्तिको लागि नदिझैं भावनाको वेगमा बगिरहन्छ त कहिले समतल जमिनको तालझैं शान्त, निस्भाव र शून्य बनिदिन्छ।
तर, कर्कलोलाई आफैं हल्लाउने र तालझैं शान्त, निस्भाव र शून्य भईरहन शरीरमा जीवन रहुनजेलसम्म सम्भव रहला???
No comments:
Post a Comment