Tuesday, 2 July 2019

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४२ करोड

१७ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ विन्दुमा अडिएको छ। यस दिन १७० कम्पनीको १८ लाख ६६ हजार ८९७ कित्ता ४२ करोड ९४ लाख ७७ हजार २८६ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा २० करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक


कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह १०७.३३ अंकले सबैभन्दा धेरै बढेको छ भने २.६४ अंकले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै गिरेको छ। 
चित्र २ः उपसमूह


कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै मेघा बैंकको ४ करोड ९५ लाख ५० हजार ०४९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक, एनआइसी एशिया, प्राइम कमर्सियल बैंक, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी



यस दिनको बजारबाट स्वरोजगार लगुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः जनउत्थान लघुवित्तको ९.७६, सूर्य लाइफ इन्स्योरेन्सको ७.०१, सेञ्चुरी कमर्सियल बैंकको ५.४२, नाग्दी पावरको ५.१७, मेघा बैंकको ५.०५, विजय लगुवित्तको ४.९८, कुमारी बैंकको ४.७६, युनाइटेड इन्स्योरेन्सको ४.३१ र प्रुडेन्सियल इन्स्योरेन्सको ४.१३ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट युनियन हाईड्रोपावरको ५.८८ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः सिभिल लघुवित्तको ५.३९, महिला सहयात्रीको ३.१४, अरुण भ्याली हाईड्रोपावरको २.७५, अख्खु खोला पावरको २.६४, नेपाल सेवा लघुवित्तको २.५३, विशाल बजार कम्पनीको १.९४, स्वदेशी लगुवित्तको १.९०, पञ्चकन्या माई हाईड्रोपावरको १.८६ र एनआइबिएल प्रगति फण्डको १.८६ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment