Wednesday, 3 July 2019

नेप्सेमा हरियाली कायमै, परिसूचक १५.६२ अंकले बढ्यो

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १५.६२ अंकले बढेर १२६८.६८ विन्दुमा अडिएको छ। यस दिन १७४ कम्पनीको २० लाख ६४ हजार ९१३ कित्ता ५५ करोड २ लाख ४७ हजार ८१३ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १३ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ९४.९३ अंकले सबैभन्दा धेरै बढेको छ र ०.०६ अंकले म्युचल फण्ड समूह सबैभन्दा कम बढेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सेञ्चुरी कमर्सियल बैंक, मेघा बैंक, प्रभु बैंक, सिभिल बैंक, शिवम् सिमेन्ट, जनता बैंक, ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र मेघा बैंक सस्थापकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी



यस दिनको बजारबाट सूर्योदय लगुवित्तको शेयरमूल्यमा ८.१० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः स्वाभिमान लघुवित्तको ६.७६, गणपति माइक्रोफाइनान्सको ५.९९, प्रुडेन्सियल इन्स्योरेन्सको ५.९५, रिढी हाईड्रोपावरको ५.६२, फर्स्ट माइक्रोफाइनान्सको ५.३५, राष्ट्रिय बीमा कम्पनी संस्थापकको ५.२५, वेष्ट फाइनान्स कम्पनीको ५, सिद्धार्थ इन्स्योरेन्सको ४.९८ र नयाँ नेपाल लघुवित्तको ४.९१ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, आजको बजारबाट रिलायन्स फाइनान्सको ६.०६ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः नाग्दी हाईड्रोपावरको ४.९१, युनियन हाईड्रोपावरको ४.६८, रैराङ्ग हाईड्रोपावरको ४.३८, जोशी हाईड्रोपावरको २.५, छ्याङ्दी हाईड्रोपावरको २.२२, एक्सेल डेभलपमेन्ट बैंकको १.७२, युनाइटेड फाइनान्सको १.६६, सेन्ट्रल फाइनान्स कम्पनीको १.६५ र समिटे लघुवित्तको १.४३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment