काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ६.९० अंक अर्थात ०.५४ प्रतिशतले बढेर १२८४.०७ विन्दुमा अडिएको छ। यस दिन १७० कम्पनीको १३ लाख ४६ हजार ३३० कित्ता ४४ करोड ३४ लाख ८१ हजार ३९१ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ६८.४४ अंकले सबैभन्दा धेरै बढेको छ र २.३४ अंकले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ३ करोड ९९ लाख ४४ हजार ४८९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः कृषि विकास बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया, नबिल बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डौं र लाइफ इन्स्योरेन्स नेपालले धेरै कारोबार गरेका छन्।
![]() | |
|
![]() | |
|
उता, आजको बजारबाट युनियन हाईड्रोपावरको ५.०५ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः सिटी एक्प्रेस फाइनान्स लिमिटेडको ३.७३, प्रग्रेसिभ फाइनान्सको ३.५०, जनउत्थान सामुदायिक लघुवित्तको ३, वेष्ट फाइनान्सको २.८८, युनाइटेड इन्स्योरेन्सको २.५६, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४६, गुर्खाज फाइनान्सको २.४, नेशनल लाइफ इन्स्योरेन्सको २.११ र सेन्ट्रल फाइनान्स कम्पनीको १.६३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment