काठमाण्डौं, नेपाल।
कम्पनीको ३ वर्षको कारोबार अवधिको अन्तिम ३ हप्ताको मैनबत्तीलाई हेर्दा बुलिस एनगल्फिङ्ग आकृतिको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
![]() | |
|
कम्पनीको मुभिङ एभरेजमा २०० दिने औसत मूल्यरेखाभन्दा १०० दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने २०० दिने रेखाभन्दा मुनि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। साथै, केहीको दिन यता १०० र २०० दिने औसत रेखा नजिक आएका छन्।
![]() |
चित्र २ः मुभिङ एभरेज |
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ३९ दशमलव ८५ विन्दुमा छ । चित्र ३ मा खरिदको तुलनामा विक्रि धेरैरहेको देख्न छ। यद्यपि, आरएसआईको लगातार गिरावट पछि यस हप्ता भने केही गति समातेको छ। र, सायद यसले नयाँ बुलिस यात्राको लय समातेको छ।
![]() | |
|
बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन तल्लोको ब्याडभन्दा मुनि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा तल्लो-ब्याण्डभन्दा मुनि रहेको मूल्य यस हप्ता भने तल्लो-ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले नयाँ गति लिएको जस्तो संकेत गरेको छ।
![]() | |
|
एमएसिडी रेखाले पनि ट्रिगर रेखाको मुनि रहेको छ। यो शून्यभन्दा मुनि रहेकोले जोखिम धेरै रहेको बुझ्न सकिन्छ।
![]() | |
|
त्यस्तै, बुधबारको शेयरमूल्य रू. ४ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय १९ मा टेवा पाउने देखिन्छ । यो सपोर्ट बलियो रहेको कुरा यसभन्दा अगाडि मूल्यले यस विन्दुबाट समाएको गतिले पुष्टि गर्छ।
![]() | |
|
यद्यपि, फिबोनाची रिट्रेस्मेन्टबाट हेर्दा कम्पनीेको मूल्य आफ्नो ६१.८% को रिट्रेस्मेन्ट लेवलको विन्दुमा सपोर्ट रहेको छ। र, फिबोना ची सिद्धान्तको अनुसार ६१.८% बाट प्रकृतिमा रहेको वस्तुमा अथवा मानव स्वभावमा परिवर्तन हुन्छ भन्ने मान्यता छ।
![]() | |
|
समग्रमा, हाम्रा ३ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने १ ले नकारात्मक र २ ले अनिश्चित सुझाव दिएका छन्। अहिले सपोर्टलाई टेस्ट गरेर मूल्य गति लिएको खण्डमा लगानी गरे बुद्धिमानी हुनेछ।
सन्दर्भ सामाग्रीः
नेप्से
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment