Thursday, 4 July 2019

नेप्से परिसूचक ८.२७ अंकले घटे पनि कारोबार रकम ६७ करोड

१८ असार २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ८.२७ अंकले घटेर १२६०.४७ विन्दुमा अडिएको छ। यस दिन १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता ६७ करोड १ लाख ६९ हजार ९२९ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ६२.४५ अंकले सबैभन्दा धेरै घटेको छ र ०.०३ अंकले म्युचल फण्ड समूह सबैभन्दा कम घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सिद्धार्थ इक्विटी स्किमको ५ करोड ५२ लाख २२ हजार २४७ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, नेपाल बैंक लिमिटेड, नेपाल टेलिकम, मेघा बैंक, प्रमियर इन्सयोरेन्स, सिभिल बैंक, जनता बैंक, सञ्चुरी कमर्सियल बैंक र एनएमबी समुन्नत फण्ड-१ ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट सूर्योदय लगुवित्तको शेयरमूल्यमा ९.९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः समिट लघुवित्तको ९.९६, सम्वाभिमान लघुवित्तको ९.७६, महिला सहयात्री लघुवित्तको ६.४९, सपोर्ट माइक्रोफाइनान्सको ४.२१, सिटी एक्सप्रेस फाइनान्सको ४.०८, नेपाल एग्रो लघुवित्तको ३.९६, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ३.२३, कोर्पोरेट डेभलपमेन्ट बैंकको २.५६ र बोटलर्स नेपाल तराईको २.२७
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
युनियन हाईड्रोपावरको ६.५५ प्रतिशतले सबैभन्दा धेरै शेयरमूल्यमा ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रुडेन्सियल इन्स्योरेन्सको ५.६१, राष्ट्रिय बीमा कम्पनी संस्थापकको ४.१६, स्वदेशी लघुवित्तको ३.८१, वेष्ट फाइनान्सको ३.८, सानिमा इक्विटी फण्डको ३.७९, मितेरी डेभलपमेन्ट बैंकको ३.५२, पाँचथर पावरको ३.४९, युनाइटेड फाइनान्सको ३.३३ र हिमालयन पावर पार्टनरको ३.३१ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment