Sunday, 11 August 2019

नेप्से परिसूचक ०.३९ प्रतिशतले घटेर १२३३.७१ विन्दुमा, कसको कारोबार कति?

 २६ साउन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४.८४ अंक अर्थात ०.३९ प्रतिशतले घटेर १२३३.७१ विन्दुमा अडिएको छ। यस दिन १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ। विहिबारको तुलनामा कारोबार रकममा १४ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ९४.९३ अंकले सबैभन्दा धेरै बढेको छ र ०.०६ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै राढी हाईड्रोपावरको ४ करोड ५९ लाख ५९ हजार ४६८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः साञ्जेन जलविद्युत, नपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, स्ट्यण्डर्ड चाटर्ड, कुमारी बैंक र बैंक अफ काठमाण्डूले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट सल्ट ट्रेडिङ्ग कोर्पोरेशनको शेयरमूल्यमा ९.११ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः स्वाभिमान लघुवित्तको ५.५५, स्रिजना फाइनान्सको ४.३०, सञ्जेन जलविद्युतको ४.०२, मल्टीपर्पोज फाइनान्सको ३.६४, युनिभर्सल पावर कम्पनीको २.३३, एभरेष्ट बैंक लिमिटेडको २.१४, रैराङ्ग हाईड्रोपावरको १.८९, सिटी एक्सप्रेस फाइनान्सको १.८७ र स्वरोजगार लघुवित्तको १.६४
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्यमा ९.९१ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः जोशी हाईड्रोपावरको ८.१०, पाँचथर पावर कम्पनीको ८.०२, राष्ट्रिय बीमा संस्थान संस्थापकको ४.४८, नेपाल सेवा लघुवित्तको ४.१३, आशा लघुवित्तको ३.५५, छ्याङ्दी हाईड्रोपावरको ३.५२, दिव्येश्वरी हाईड्रोपावरको ३.०७, खानीखोला हाईड्रोपावरको २.९४ र प्रभु इन्स्योरेन्सको २.४९ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment